|

काठमाडौं : कञ्चनपुरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। भीमदत्त नगरपालिका–८ तिलाचौरका ४९ वर्षीय नरेन्द्र सिंह विष्टले ३० वर्षीया श्रीमती ज्योतिको हत्या गरेका हुन्।

शनिबार साँझ सामान्य घरायसी विवाद हुँदा विष्टले हसियाँले ज्योतिको घाँटी रेटी हत्या गरेको कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी उमेश जोशीले जानकारी दिए। विष्ट नेपाल प्रहरीका पूर्वप्रहरी सहायक निरीक्षक असई हुन्।

उनले मदिरा सेवन गरी झगडा गर्ने गरेका थिए। आफन्तहरुका अनुसार ज्योति नरेन्द्रकी कान्छी श्रीमती हुन्। जेठी श्रीमतीको निधनपछि विष्टले ज्योतिसँग दुई वर्षअघि मात्रै विवाह गरेका थिए। ज्योतिको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। विष्टलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको डीएसपी जोशीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.