बझाङ : उपनिर्वाचनअन्तर्गत बझाङको सुर्मा गाउँपालिका–४ को वडाअध्यक्ष पदका लागि आइतबार बिहानदेखि मतदान भइरहेको छ। मतदाताले बिहान ७ बजेदेखि नै मतदान गरिरहेका छन्।
सुर्मा माध्यामिक बिध्यालयको क र ख केन्द्रमा शान्तिपूवर्क मतदान भइरहेका छन्। एमालेबाट विजयी वडाध्यक्ष सर्जन बोहराको निधन भएपछि उपनिर्वाचन भएको हो। निर्वाचनका लागि ढुक्कसँग मतदान गर्न सुरक्षाको व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले बताए।
निर्वाचनमा वडाध्यक्षका लागि एमाले, काँग्रेस र माओवादीबाट ३ जना उम्मेदवार छन्। कुल १ हजार ५ सय ५४ मतदाता रहेका छन्। यहाँ १ मतदान केन्द्र र २ मतदान स्थल रहेका छन्। दिउँसो १:३० बजेसम्म सबै मतदान केन्द्र र मतदानस्थलमा गरी ११ सय मत खसेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।