|

सुर्खेत : जाजरकोटको नलगाड नगरपालिकामा आज भएको उपप्रमुखको उपनिर्वाचमा मतदान कार्य जारी छ। सबै ठाउँमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक मतदान अधिकृत धर्मबहादुर बुढाले बताए।

२४ वटा केन्द्र रहेको नलगाडमा १६ हजार ४४८ मतादाता रहेका छन्। यो समाचार तयार पार्दासम्म ९ हजार ५७३ मतदाताले मतदान गरेको तथ्यांक छ। सबै ठाउँमा यातायातको सहज पहुँच भएका कारण मतदातालाई मतदान स्थलसम्म पुर्याउन सहज भएको छ।

वृद्ध, शारीरिक रुपमा अपाग भएका व्यक्ति तथा जेष्ठ नागरिकलाई मतदान गर्नका लागि पहिलो प्राथमिकता राखिएको छ।

 अर्काको साहरामा मतदान गर्ने व्यक्तिलाई सोही अनुसारको व्यवस्थापन गरिएको छ। बिहान ७ बजे देखि सुरु भएको मतदान पाँच बजेसम्म जारी रहनेछ। नलगाडमा मुख्य तीन दलका साथै अन्य साना दल गरेर ६ दलले चुनावमा भाग लिएका छन्। नलगाडमा माओवादी, एमाले र कांग्रेसकै तीव्र प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.