|

मोरङ : मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ७१ दशमलव ३३  प्रतिशत मत खसेको छ। 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार पुरुष ८ हजार ९ सय ६६ र महिला ९ हजार ६ सय १२ गरी कुल १८ हजार ५ सय ७८ जना मतदानमा सहभागी भएका छन्।

नेपाली कांग्रेसबाट निर्वाचित जयप्रकाश गच्छदारको निधन भएपछि भएको उपनिर्वाचनमा सत्तारुढ दलहरु एमाले–कांग्रेस अलगअलग प्रतिष्पर्धामा उत्रिएका छन्। 

स्वतन्त्रसहित १६ राजनीतिक दल चुनावी मैदानमा होमिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.