|

सुर्खेत : जाजरकोटको कुशे गाउँपालिका–७ मा नेपाली कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंह विजयी भएका छन्। 

कुल १ हजार ३०२ मा ९५६ जनाले मतदान गरेका थिए। नेपाली कांग्रेसका उम्मेदवार सिंहले ३४७ भोट ल्याएर विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का गोरखबहादुर नेपालीले ३३२ भोट ल्याएर पराजित भए। त्यस्तै नेकपा एमालेका डम्बरबहादुर घर्तीले २५२ भोट ल्याए।

राप्रपाका लालबहादुर खत्रीले ८ भोट ल्याए भने १७ भोट खेर भएको मुख्य निर्वाचिन अधिकृत श्यामलाल घिमिरेले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.