|

काठमाडौं : दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन्। कांग्रेसका उम्मेदवार झलक भण्डारीलाई ४५२ मतान्तरले पराजित गर्दै शाही अध्यक्ष निर्वाचित भएका हुन्।

शाहीलाई कुल ३ हजार १२७ मत प्राप्त गरे भने भण्डारीले २ हजार ६७५ मत ल्याए। यस्तै माओवादीका जंगबहादुर बहादुर बरालले ८४२ मत ल्पाए। रास्वपाका प्रकाश बुढाले ११२ मत पाए। 

यहाँ १२ हजार ६१४ मतदाता रहेकामा ६ हजार ९८९ मत खसको थियो । यो गाउँपालिकामा यसअघि कांग्रेसका लक्षुमन गुरुङ निर्वाचित भएका थिए।। दैलेखककै दुल्लु नगरपालिका १३ को वडाध्यक्षमा एमालेका लालबहादुर शाही विजयी भएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.