काठमाडौं : नुवाकोटको ककनी गाँउपालिका वडा नं २ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका कृष्ण घिमिरे (मिलन) निर्वाचित भएका छन्।
आइतबार भएको उपनिर्वाचनमा घिमिरेले एक हजार ८५ मत प्राप्त गरेका हुन्। मुख्य निर्वाचन अधिकृत शुभाषबाबु पुरीका अनुसारघिमिरेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्य जिम्बा तामाङले ५८७ मत प्राप्त गरेका छन्।
यस्तै, नेकपाएमाले का यमबहादुर लामाले ३४१, राष्ट्रिय स्वतन्त्र पार्टीका मङ्गलसिद्वि तामाङले ८३, राष्ट्रिय प्रजातन्त्र पार्टीका खेमबहादुर थापाले २८, मङ्गोल नेशनल अर्गनाइजेसनका किरण तामाङले २६ मत पाए।
यस्तै नेकपा एकीकृत समाजवादीका मानबहादुर लामाले (तामाङ) २३, नागरिक उन्मुक्ति पार्टीका अमृत तामाङले १६ र नेपाल मजदुर किसान पार्टीका माइली माया तामाङले १४ मत प्राप्त गरे। स्वतन्त्र उम्मेदवारद्वय सोनु तामाङ र रमेश पुडासैनीले एक-एक मत ल्याए।
आइतबार भएको उपनिर्वाचनमा तीन हजार एकसय ७५ मतदातामध्ये दुई हजार २५५ ले मतदान गरेका थिए । ५१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।