|

काठमाडौं : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भएका छन्। आइतबार सम्पन्न उपनिर्वाचनमा चन्दले एक हजार १०७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । 

चन्दका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बहादुर चन्दले ४८७ मत प्राप्त गरे। साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशीलकुमार भट्टले ३६९, नेकपा एकीकृत समाजवादीका जितन्द्रबहादुर चन्दले २२५, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्टले २१८ मत प्राप्त गरे।

स्वतन्त्र उम्मेदवार थानेश्वर लेखकले १४२ मत प्राप्त गर्दा नागरिक उन्मुक्ति पार्टीका हरिष डगौराले १२७, नेकपा माओवादी केन्द्रका नारा राम कोलीले १२२, स्वतन्त्र उम्मेदवार युवराज चन्दले ९९ मत पाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.