|

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्सविरूद्धको खेलमा कर्णाली याक्सका ओपनर शिखर धवन आउट भएका छन्। १४ बलमा १४ रन बनाएर खेलिरहेका उनलाई हर्ष थाकरले आउट गरेका हुन्। यसअघि ओपनर देव खनाल १ रन बनाएर आउट भएका थिए। उनलाई ललितराजवंशीले आउट गरेका थिए।

टस जितेको कर्णालीले जनकपुरविरूद्ध ब्याटसङ गरिरहेको छ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल भइरहेको छ। 

यसअघि आजै भएको खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.