|

संयुक्त राष्ट्रसङ्घका वातावरण प्रमुख इन्गर एन्डरसनले ऐतिहासिक प्लास्टिक प्रदुषण सन्धिका लागि भएको वार्ता निष्कर्षमा पुग्न नसकेको बताएका छन्।

सन् २०२२ मा तय गरिएको सम्झौताका लागि दुई वर्षको समयावधिलाई ‘अत्यन्त महत्त्वाकाङ्क्षी’ भन्दै एन्डरसनले एएफपीसँग भने, “यो अझै निश्कर्षमा पुग्न सकेको छैन, पक्कै पनि तर कतिपय सञ्चारमाध्यमहरूमा आएजस्तो असफल भएको छैन।”

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमका प्रमुख एन्डरसनले भने, “हामीले धेरै राम्रो प्रगति गरेका छौँ।”

दक्षिण कोरियाको बुसानमा नोभेम्बर २५ देखि करिब २०० देशले प्लास्टिक प्रदूषण नियन्त्रणका लागि विश्वको पहिलो सन्धिमा सहमति जनाउने लक्ष्यका साथ एक साता लामो वार्ता गरेका थिए।

प्रयोगमा ल्याइएका ९० प्रतिशतभन्दा बढी प्लास्टिक रिसाइकल हुँदैनन् र हरेक वर्ष लाखौं टन प्लाष्टिकजन्य फोहरले वातावरणलाई फोहोर पार्छ।

तर, सोमबार बिहानै वार्ताकारहरूले यस सन्धिको उद्देश्यमाथि गम्भीर मतभेदहरू पूरा गर्न असफल भएको स्वीकार गर्दै वार्ताको लक्ष्यमा पुग्न नसकिएको बताएका थिए।

दर्जनौँ ‘उच्च महत्वाकाङ्क्षा’ भएका देशहरूले प्लास्टिकको नयाँ उत्पादनलाई सीमित गर्ने र केही रसायन र एकल–प्रयोग प्लास्टिक उत्पादनहरू चरणबद्ध रूपमा समाप्त गर्ने लक्ष्य निर्धारण गर्ने सम्झौताको प्रयास गरेका थिए।

साउदी अरब र रूसलगायत तथाकथित ‘समान विचारधारा भएका’ राष्ट्रहरूले यसलाई बारम्बार अस्वीकार गर्दै कडा अडान राखेका थिए। यसले सम्झौतामा उत्पादनको कुनै सन्दर्भ हुनुहुँदैन भन्ने कुरामा जोड दिए।

यो समूह प्रायः तेल उत्पादन गर्ने देशहरू हुन् जसले प्लास्टिक बनाउन प्रयोग हुने जीवाश्म ईन्धन प्रदान गर्छन्।

यो असहमतिले ७० पृष्ठभन्दा लामो र विरोधाभासी भाषाले भरिएको यसपहिले तयार सन्धिको मस्यौदा बुसानभन्दा अघि चार चरणको वार्ताको प्रगतिलाई अवरुद्ध बनाएको छ।

संशोधित पाठ पनि विरोधी विचारहरूले भरिएको भन्दै कतिपय सहभागी देशका प्रतिनिधिहरूले यसको सबै भागहरू कुनै पनि नयाँ चरणको वार्तामा पुनः छलफल र संशोधनको लागि खुला हुने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.