‘जान्नेलाई छान्ने’ रास्वपा एकमा सीमित

|

काठमाडौँ : स्थानीय तह उपनिर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ। कुल ४४ पदका लागि भएको उपनिर्वाचनमा दुई जिल्ला समन्वय समिति (जिसस) प्रमुख र एक वडाध्यक्ष सर्वसम्मत भएका थिए भने बाँकी ४१ पदमा आइतबार मतदान भएको थियो। 

यीमध्ये ३९ ठाउँको मत परिणाम आइसकेको छ। उक्त परिणामअनुसार सत्तारुढ नेपाली कांग्रेसलाई ठूलो झट्का लागेको छ। अन्य दलले उम्मेदवारी नदिँदा ओखल्ढुंगा र कैलालीको जिसस प्रमुखमा सर्वसम्मत भए पनि मतदान भएका अन्य ठाउँमा भने कांग्रेसले नराम्रो क्षति बेहोरेको छ।  

२०७९ को आवधिक निर्वाचनमा कांग्रेसले जितेका २४ ठाउँमा विभिन्न कारण पद रिक्त भएकाले आइतबार मतदान भएको थियो। प्राप्त मतपरिणाम अनुसार उसले (कीर्तिपुरको परिणाम आउन बाँकी) १६ स्थानमा मात्र जित निकालेको छ। यसअघि नजितेको केही नयाँ ठाउँ लिन सफल भए पनि समग्रमा कांग्रेस ८ पदले खुम्चिन पुग्यो। 

यी हुन् कांग्रेसले जितेका १६ ठाउँ

१६ वडाध्यक्ष
तेह्रथुमको लालिगुराँस नगरपालिका-८ मा नगेन्द्र लिम्बु (सिट सुरक्षित)
सुनसरीको गढी गाउँपालिका-६ मा तेतर साहु (यसअघि एमाले विजयी)
रौतहटको ईशनाथ नगरपालिका-७ मा शेख अब्दुल खलिक (यसअघि एमाले विजयी)
रौतहटको राजपुर नगरपालिकामा-६ मा समसे आलम (सिट सुरक्षित)
काठमाडौंको कीर्तिपुर नगरपालिका-१ मा इच्छाकुमार महर्जन (सिट सुरक्षित)
काठमाडौंको कीर्तिपुर नगरपालिका-४ मा राजेन्द्र बानियाँ (यसअघि स्वतन्त्र विजयी)
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१२ मा अर्जुनप्रसाद तिवारी (यसअघि माओवादी विजयी)
गुल्मीको मुसिकोट नगरपालिका-१ मा आनन्द श्रेष्ठ (सिट सुरक्षित)
रोल्पाको रुन्टीगढी गाउँपालिका-४ मा भूपमणि पुन मगर (सिट सुरक्षित)
बर्दियाको ठाकुराबाबा नगरपालिकामा-४ मा अमिन थारू (सिट सुरक्षित)
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-५ मा मोतीराम खत्री (यसअघि माओवादी विजयी)
जाजरकोटको कुशे गाउँपालिका-७ मा खम्बबहादुर सिंह (यसअघि माओवादी विजयी)
बझाङको सुर्मा गाउँपालिका-४ मा धीरेन्द्र पुजारा (यसअघि एमाले विजयी)
डोटीको पूर्वीचौकी गाउँपालिका-६ मा मोहन थापा (सिट सुरक्षित)
दार्चुलाको दुहुँ गाउँपालिका-५ मा धनसिंह कुँवर (यसअघि माओवादी विजयी)
कञ्चनपुरको भीमदत्त नगरपालिका-६ मा प्रकाश चन्द (सिट सुरक्षित)

माओवादीलाई लाभ !

उपनिर्वाचनले वर्तमान प्रमुख प्रतिपक्षी माओवादी केन्द्रलाई सबैभन्दा धेरै लाभ भएको छ। उसले पहिला जितेका ९ स्थानमा उपनिर्वाचन भएकोमा एक वडाध्यक्ष निर्विरोध हुँदा अन्य पदमा मतदान भएको थियो। 

प्राप्त मत परिणामअनुसार माओवादीले ९ पद सुरक्षित गरिसकेकाे छ। अझै उसले एक उपाध्यक्ष र एक वडाध्यक्षमा अग्रता लिएकााले उपनिर्वाचनमार्फत सिट थप्ने सम्भावना छ।  

माओवादी केन्द्रले जितेका स्थान

एक अध्यक्ष  
मोरङको ग्रामथान नगरपालिकामा नमोनारायण माझी (यसअघि कांग्रेस विजयी)

एक उपाध्यक्ष  
रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा नरपुरा बुढा विजयी (सिट सुरक्षित)

एक उपप्रमुख  
जाजरकोटको नलगाड नगरपालिकामा देवका लामिछाने (यसअघि कांग्रेस विजयी)

६ वडाध्यक्ष  
उदयपुरको त्रियुगा नगरपालिका-१२ मा नवीन राई (यसअघि कांग्रेस विजयी)
धनुषाको धनुषाधाम नगरपालिका-१ मा सुनिलकुमार केवट (यसअघि कांग्रेस विजयी)
नुवाकोटको ककनी गाउँपालिका-२ मा कृष्ण घिमिरे (यसअघि कांग्रेस विजयी)
गोरखाको गोरखा नगरपालिका-५ मा विष्णुवहादुर मगर (यसअघि एमाले विजयी)
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ मा नरबहादुर झाँक्री (यसअघि एमाले विजयी)
रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका-२ मा जगत घर्ती–सर्वसम्मत (सिट सुरक्षित)

के छ एमालेकाे अवस्था? 

२०७९ को आवधिक निर्वाचनमा एमालेले जितेको ७ स्थानमा विभिन्न कारण रिक्त हुन पुगेको पदमा उपनिर्वाचन भएको थियो। यी ठाउँ र पद हेरफेर भए पनि उसले आफ्ना सबै पद सुक्षित राख्न सफल भएको छ। 

एमालेले एक गाउँपालिका अध्यक्ष र एक उपाध्यक्ष सत्तासाझेदार कांग्रेसबाट खोस्न सफल भएको छ। त्यसबाहेक थप ६ वटा वडामा जित निकालेको छ।     

एमालेले जितेका स्थान

एक अध्यक्ष  
दैलेखको महाबु गाउँपालिकामा जंगबहादुर शाही (यसअघि कांग्रेस विजयी)

एक उपाध्यक्ष
बाजुराको स्वामीकार्तिक खापर गाउँपलिकामा सुलोचना बुढा (यसअघि कांग्रेस विजयी)

५ वडाध्यक्ष  
ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका-३ मा कुमारी सावादेन (यसअघि कांग्रेस विजयी)
ओखलढुंगाको मोलुङ गाउँपालिका-५ मा गंगाबहादुर तामाङ (यसअघि कांग्रेस विजयी)
महोत्तरीको रामगोपालपुर नगरपालिका-२ मा सकिबुल खाँ (यसअघि माओवादी विजयी)
कपिलवस्तुको शुद्धोदन गाउँपालिका-१ मा मोहमद ताहिर मुसलमान (यसअघि कांग्रेस विजयी)
दैलेखको दुल्लु नगरपालिका-१३ मा लालबहादुर शाही (सिट सुरक्षित)

साना दहलहरूलाई पनि लाभ 

उपनिर्वाचनबाट देशको सबैभन्दा ठूलो दल कांग्रेसले नराम्ररी क्षति बेहोर्दा साना दलहरूलाई भने लाभ भएको छ। एकीकृत समाजवादी, जसपा नेपाल, नेपाल मजदुर किसान पार्टीलगायतले केही सिट जितेका छन्।  

यसअघि जसपाले जितेको एक स्थानमा उपनिर्वाचन भएकोमा एक सिट थपेर उसले दुई ठाउँमा जितेको छ। एकीकृत समाजवादी र नेमकिपाले पनि एक सिट जितेका छन्।  

जसपा नेपालले जितेका स्थान

२ वडाध्यक्ष  
सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ मा धीरेन्द्रकुमार साह (यसअघि कांग्रेस विजयी)
डाक्नेश्वरी नगरपालिका-४ मा देवेन्द्रप्रसाद यादव (यसअघि कांग्रेस विजयी)

एकीकृत समाजवादीले जितेको स्थान

एक वडाध्यक्ष  
रौतहटको गढीमाई नगरपालिका-८ मा बजरंगीप्रसाद यादव (यसअघि जसपा नेपाल विजयी)

नेमकिपाले जितेको स्थान

एक वडाध्यक्ष  
कालिकोटको तिलागुफा नगरपालिका-४ मा खड्गराज शाही (यसअघि माओवादी विजयी)

स्थानीय तहमा सुखद रहेन रास्वपाको ‘डेब्यू’ 

गत आमनिर्वाचनबाट संसद्को चौथो शक्तिका रूपमा उदाएको रास्वपाले उपनिर्वाचनबाट स्थानीय तहमा ‘डेब्यू’ गरेको हो। उपनिर्वाचन भएका ४४ मध्ये २७ स्थानमा मात्रै उम्मेदवारी दिएको उसले जम्मा एक वडाध्यक्षमा मात्रै जित निकाल्यो। बाँकी ठाउँमा उसले जमानतसमेत जोगाउन सकेन। 

राष्ट्रिय स्वतन्त्र पार्टीले जितेको स्थान

एक वडाध्यक्ष   
काठमाडौँको काठमाडौं महानगरपालिका-१६ मा रोजिना श्रेष्ठ (यसअघि कांग्रेस विजयी) 

स्वतन्त्र उम्मेदवार विजयी

झापाको कन्काई नगरपालिका-६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली (यसअघि एमाले विजयी) 

परिणाम आउन बाँकी     

उदयपुरको बेलका नगरपालिकाको ९ (यसअघि कांग्रेस विजयी, माओवादीको अग्रता) 
कीर्तिपुर नगरपालिका प्रमुख (यसअघि कांग्रेस विजयी, कांग्रेसकै अग्रता)
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष  (यसअघि कांग्रेस विजयी, एमालेको अग्रता)
हुम्लाको सार्केगाड गाउँपालिका उपााध्यक्ष  (यसअघि माओवादी विजयी, माओवादीकै अग्रता)

अब जहाँ जसको अग्रता छ त्यही दलले बाजी मारे कांग्रेसले १७ मा जित्दा ७ स्थान गुमाउनेछ। एमालेले अग्रता लिएकाे गाैरीशंकरमा जिते उसले त्याे उपनिर्वाचनकाे बाेनसका रूपमा पाउनेछ। 

यसैगरी सर्केगाडकाे उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका-९ काे अग्रतालाई जितमा बदल्न सके मा‌ओवादीका लागि पनि त्याे बाेनस नै हुनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.