विराटनगर : कोशी प्रदेशको रिक्त रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीलाई नियुक्त गर्ने भएको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भण्डारीलाई कानुनमन्त्री नियुक्त गर्न लागेका हुन्। उनलाई शपथ गराइँदै छ।
तत्कालीन मन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीमा मुछिएपछि राजीनामा दिएका थिए।
भण्डारी सुनसरीबाट प्रदेशसभामा निर्वाचित सांसद हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।