|

काठमाडौँ : कर्णाली याक्सका कप्तान सोमपाल कामीले माथिल्लो क्रमका शीर्ष पाँच ब्याटरले राम्रो ब्याटिङ गर्न नसक्दा सोचेअनुरूप योगफलमा ३० रन कम भएको बताएका छन्।

जनकपुर बोल्ट्ससँग आठ विकेटको फराकिलो हारपछि कप्तान सोमपालले १७० रन सम्मको योगफल बनाउने लक्ष्य भए पनि शीर्ष पाँच ब्याटरले राम्रो भूमिका खेल्न नसक्दा हार बेहोर्नुपरेको सुनाए। 

आजको पीचमा खेल्न सहज नभए पनि जनकपुरका कप्तान अनिल साहसँगै आसिफ शेखले राम्रो सट सेलेक्सनसँगै राम्रो ब्याटिङ गरेको उनको भनाइ थियो। 

उनले आगामी खेलमा घरेलु खेलाडीले सुधार गर्दै जित दिलाउने विश्वास व्यक्त गरे। विदेशी खेलाडीले आशा गरेअनुरूप खेल्न नसकेको भन्दा पनि उनीहरूलाई पीच बुझ्न गाह्रो भएको सोमपालले बताए।

उनले आफ्नो टोलीमा ब्याटर र बलर राम्रो रहेको पनि बताए तर आगामी दिनमा गल्ती सुधार गर्दै जित निकाल्ने उनको विश्वास छ। जनकपुर बोल्ट्सका प्रशिक्षक पुबुदु दसानायकेले टोलीको योजनाअनुरूप नतिजा आएको  बताए। उनले खेल्दै गएपछि पीच राम्रो हुँदै जाने भएकाले पछि ब्याटिङ गर्दा केही सहज हुनेमा विश्वस्त रहेको बताए।

प्रशिक्षक पुबुदुले अन्तिम दुई ओभर आफूहरूका लागि राम्रो नभएको पनि उल्लेख गरे। विदेशी खेलाडीहरू ब्याटिङमा संघर्ष गर्दा अनिल साह र आसिफ शेखले राम्रो गर्न सकेकोमा प्रशिक्षक पुपुदु खुशी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.