संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले युद्धग्रस्त गाजाको अवस्था ‘भयावह र सर्वनाशकारी’ भएको बताएका छन् । उनले प्यालेस्टिनीहरूले भोग्नुपरेको अवस्था सबैभन्दा ‘गम्भीर अन्तरराष्ट्रिय अपराध’ हुनसक्ने चेतावनी दिए।
मानवीय सहायता बढाउने उद्देश्यले कायरोमा आयोजित सम्मेलनमा उहाँको तर्फबाट पढिएको टिप्पणीमा उहाँले अन्तरराष्ट्रिय समुदायलाई ‘गाजा र मध्यपूर्वमा दिगो शान्तिको आधार निर्माण गर्न’ आग्रह गरे।
गाजामा युद्ध सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी उग्रवादी समूह हमासले दक्षिणी इजरायलमा आक्रमण गरेपछि सुरु भयो। एएफपीको तथ्याङ्कअनुसार हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार २०८ को मृत्यु भएको थियो।
इजरायली प्रतिशोधात्मक अभियानले गाजामा गाजाका स्वास्थ्य मन्त्रालयका अनुसार ४४ हजार ४२९ व्यक्तिको मृत्यु भएको छ। यो आँकडालाई संयुक्त राष्ट्रले विश्वसनीय मान्छ।
गुटेरेसले द्वन्द्वको विनाशकारी क्षति र अन्तरराष्ट्रिय कारबाहीको तत्काल आवश्यकतामाथि जोड दिए। “कुपोषण व्याप्त छ, अनिकाल सन्निकट छ। यसैबीच स्वास्थ्य प्रणाली ध्वस्त भएको छ”, उनले भने, “गाजामा अहिले संसारको कुनै पनि ठाउँमा प्रतिव्यक्ति अपाङ्गता भएका बच्चाहरूको सङ्ख्या सबैभन्दा बढी छ, “धेरै जसो बिना एनेस्थेसिया शल्यक्रिया गरिएका छन्।”
महासचिव गुटेरेसले सहायता वितरणमा लगाइएको कडा प्रतिबन्धको पनि आलोचना गर्दै हालको स्तरलाई ‘अत्यन्त अपर्याप्त’ भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।