|

काठमाडौँ : काठमाडौँको कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकै जित भएको छ। 

उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार कृष्णमान डंगोल ५ हजार ३३४ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका प्रा.डा. शिवशरण महर्जनले ४ हजार ५५५ मत प्राप्त गरे।

नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत ल्याएका छन्। यसअघि ०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको मृगौलासम्बन्धी रोगबाट निधन भएपछि कीर्तिपुरमा उपचुनाव भएको हो। 

आइतवार भएको उपनिर्वाचनमा कीर्तिपुर-१ र कीर्तिपुर-४ मा पनि कांग्रेसकै इच्छाकुमार महर्जन र राजेन्द्र बानियाँ विजयी भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.