दाङ : दाङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका १९ कुटिचौर बस्ने १९ वर्षीय सुदीप बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
सोमबार साँझ करिब पौने ७ बजेतिर घोराही उपमहानगरपालिका १० झारबैरा चोक नजिकै घोराहीबाट तुलसीपुर जाँदै गरेको रा १ अ १२९१ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको रा ७ प ७४६ नम्बरको मोटरसाइलकलाई ठक्कर दिएको थियो। टिपरको ठक्करबाट मोटरसाइकल चालक भण्डारी र पछाडि सवार तुलसीपुर १७ का २२ वर्षीय दीपक बस्नेत घाइते भएका थिए। भण्डारीको टाउको र कानमा गम्भीर चोट लागेको थियो।
उनीहरु दुवैलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं सूचना अधिकारी डीएसपी ईश्वर थापाले जानकारी दिए। उनका अनुसार घाइते बस्नेतको दाहिने खुट्टा र बायाँ हातको औलामा चोट लागेको अवस्था मध्यम रहेको छ।
प्रहरीले टिपर चालक घोराही ११ डोक्रेना बस्ने ४० वर्षीय जित बहादुर चौधरीलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।