|

काठमाडौं : कप्तान दीपेन्द्र सिंह ऐरीको आक्रामक ब्याटिङमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हराएको छ। 

 १८३ रनको लक्ष्य भेट्टाउने क्रममा  विराटनगरले १६.१ ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्रै बनाउन सक्यो।  विराटनगरका लागि बसिर अहमतले सर्वाधिक २४ रन बनाए। त्यसैगरी राजेश पुलामी १५ र अनिल पुलामीले १० रनाउनुबाहेक अरूले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरको खेलमा ७ विकेटको क्षतिमा १८२ रन बनाएको थियो।  सुदूरपश्चिमका लागि कप्तान ऐरीले अर्धशतकीय पाली खेले। उनले २३ बलमा अर्धशतक प्रहार गरे। २४ बल खेलेका ऐरीले ३ चौका र ५ छक्कासहित ५७ रनमा अविजित रहे।

दीपेन्द्रले २४ बलमा अविजित ५७ रन बनाए। उनले इनिङ्सको अन्तिम दुई बलमा प्रतिस जिसीलाई लगातार छक्का प्रहार गरेका थिए। अन्तिम ओभरमा मात्र दीपेन्द्रले ३ छक्का प्रहार गरेपछि सुदूरपश्चिमले कुल २३ रन जोडेको थियो। दीपेन्द्रले कुल ३ चौका र ५ छक्का प्रहार गरे।

दीपेन्द्र र इशान पाण्डेले आक्रामक ब्याटिङ गरेपछि बिहानको निकै कठिन कन्डिसनमा पनि सुदूरपश्चिमले राम्रो स्कोर बनाएको हो।  यी दुईले छैटौं विकेटमा २५ बलमा ४९ रन जोडे। इशानले १६ बलमा २ चौका र १ छक्कासहित २१ रन बनाई रनआउट भए। 

सुदूरपश्चिमबाट ओपनर अमित श्रेष्ठ १ रनमै आउट भएका थिए। उनलाई इस्मात आलमले आउट गरे। अर्का ओपनर विनोद भण्डारीले २० बल खेली ३ चौकासहित २३ रन बनाए। 

आरिफ शेख ९ रनमै आउट भए। बसिर अहमदको बलमा निकोलस कृतनले कभरमा उत्कृष्ट क्याच लिएर आरिफलाई पेभेलियन फर्काएका थिए। सैफ जैबले १५ बल खेली १ छक्कासहित १४ रन बनाए। ब्रान्डन म्याकमुलेनले २६ बल खेली समान २ चौका र छक्कासहित ३६ रन जोडे। 

स्कट कुगेलेइन ६ बलमा २ चौका प्रहार गरि १० रनमा आउट भए। विराटनगरबाट अनिल खरेलले ३ विकेट लिए। उनले ४ ओभरमा २६ रन दिए। क्रिस सोल, इस्मात र बसिरले १–१ विकेट लिए।

रोहन मुस्ताफा टस अघिसम्म कीर्तिपुर मैदानमा नपुगेका कारण सुदूरपश्चिमले ३ जनामात्र विदेशी खेलाडीलाई मैदानमा ओरालेको थियो।  यसअघि विराटनगर जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.