|

ढाका : बंगलादेशमा राजद्रोहको आरोपमा हिन्दू पुजारी चिन्मय कृष्णदासलाई एक महिनासम्म जेलमा राखिएको छ। मंगलवार चिन्मय कृष्णदासको मुद्दामा पेशी तोकिएको थियो। कृष्णदासका पक्षमा बहस गर्ने वकील रमन रायमाथि इस्लामिक कट्टरपन्थीले मरणान्त हुने गरी आक्रमण गरेपछि उनका पक्षका कुनै वकील अदालतमा उपस्थित भएनन्।

योसँगै थप एक महिनासम्मका लागि सुनुवाइ सारिएको छ। चिन्मय कृष्णदासका पक्षमा बहस गर्ने वकील रमन रायमाथि इस्लामिक कट्टरपन्थीले मरणान्त हुने गरी आक्रमण गरेका थिए। रायलाई हाल आईसीयूमा भर्ना गरिएको छ। उनको स्वास्थ्यस्थिति निकै गम्भीर छ।

आज मंगलवार चिन्मय कृष्णदासको जमानतमा चटगाउँको अदालतमा सुनुवाइ तोकिएको थियो। रायमाथि आक्रमण भएसँगै कुनै पनि वकील उनका पक्षमा बहस गर्न तयार भएनन्। योसँगै अदालतले पुस १८ (२ जेन्युअरी)मा सुनुवाइ गर्ने जनाएको छ।

सोमवार चिन्मय कृष्णदासमाथि आक्रमण भएको थियो। इस्कोन कोलकाताका प्रवक्ता राधारामण दासले एक्समा लेखेका छन्‚ 'कृपया वकील रमन रायका लागि प्रार्थना गर्नुहोस्। उहाँले चिन्मय कृष्ण प्रभुका पक्षमा अदालतमा बहस गर्नु गल्ती ठानियो। इस्लामिक कट्टरपन्थीले उहाँको घरमा तोडफोड गरे र क्रूरतापूर्वक आक्रमण गरे। उहाँ अहिले आईसीयूमा संघर्ष गर्दै हुनुहुन्छ।'

चिन्मय कृष्णदास बंगलादेशका हिन्दूमाथि भएका अत्याचारको विरुद्ध आवाज उठाइरहेका छन्। उनलाई गत सोमवार मंसिर १० (२५ नोभेम्बर)मा ढाकाको हजरत शाहजलाल अन्ताराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो। उनी हिन्दूमाथि भएका अत्याचारविरुद्ध आवाज उठाउन चटगाउँ जाँदै थिए। उनलाई राजद्रोहको आरोप लगाइएको छ।

यसैगरी रंगनाथ श्यामसुन्दर दास ब्रह्मचारी र रुद्रपति केशव दास ब्रह्मचारीलाई पनि बंगलादेशको प्रहरीले पुण्डरीक धामबाट गिरफ्तार गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.