काठमाडौँ : चीनले नेपाललाई करिब ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेको छ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिन फिङको मंगलवार भएको भेटमा सीले नेपाललाई ९ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेका हुन्।
यस्तै भेटमा राष्ट्रपति सीले नेपालको विकास र समृद्धिमा चीनको बलियो साथ रहने प्रतिबद्धता पनि जनाएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले पनि करिब ९ अर्बको अनुदान सहायता घोषणा भएको जानकारी दिएका छन्।
प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। सीले समय मिलाएर आउने जानकारी दिएको प्रवक्ता ढकालले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।