|

काठमाडौँ : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विद्यार्थी विदेशिने समस्या डरलाग्दो भएको बताए। उनले विद्यार्थीको अभावमा मुलुकमा सञ्चालित क्याम्पसहरू बन्द हुने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त पनि गरेका छन्।

देउवाले भने‚ ‘पछिल्लो समय कक्षा १२ उत्तीर्ण हुनेबित्तिकै विद्यार्थी विदेशिने समस्या डरलाग्दो छ। मुलुकमा सञ्चालित क्याम्पस विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेका छन्।’

नेपाललाई विदेशी विद्यार्थीको गन्तव्य मुलुक बनाउनुपर्नेमा नेपाली विद्यार्थी नै विदेश पलायन हुनु दुःखद भएको चर्चा गरे। युवालाई स्वदेशमै रोक्ने वातावरण बनाउन शिक्षालाई रोजगारीसित जोड्न आवश्यक रहेको बताए।

यसका लागि विद्यालय तहदेखि नै विश्वविद्यालय तहसम्मका पाठ्यक्रम समयानुसार परिवर्तन र परिमार्जन गर्न आवश्यक भएको सभापति देउवाको भनाइ छ। 

संघीय शिक्षा ऐन छिटो ल्याउन पहल गर्ने उनले बताए।

बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको शिक्षा विभागले देउवा यस्तो बताएका हुन्। उनले पछिल्लो समय मुलुकमा संघीय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक शिक्षा सम्बन्धी तीनवटै विधेयक छिटो ल्याउन काँग्रेसले पहल गर्ने बताए। उनले विद्यार्थीको अभावमा कलेज बन्द हुने अवस्थामा पुगेको बताए।

उनले भने‚ ‘पछिल्लो समय मुलुकमा संघीय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक शिक्षा सम्बन्धी ऐन ल्याउने विषयले निकै चर्चा पाएको छ। यो अति आवश्यक पनि छ।’

सभापति देउवाले अबको ४०-५० वर्षको अनुमान गरेर मुलुकले अवलम्बन गर्नुपर्ने शिक्षा नीति निर्माण गर्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.