|

काठमाडौँ : कर्णाली याक्सका सोमपाल कामीले लगातार दुई हारपछि दबावभन्दा पनि कम ब्याक गर्नका लागि जिम्मेवारी बढेको बताएका छन्।

काठमाडौं गुर्खाजसँगको हारपछि सोमपालले अब कसरी कम ब्याक गर्ने र म्याच जित्ने भन्ने जिम्मेवारी बढेको उल्लेख गरेका हुन्। उनले टर्निङ पोइन्ट नै डेथ ओभरमा राम्रो गर्न नसक्नु र २० रन जति कम भएको उल्लेख गरे। १५० रन जतिको लक्ष्य सहज देखिएको पनि उनको भनाइ छ।

उनले बलिङ र फिल्डिङमा सुधार गर्न सक्यो भने खेल जित्ने विश्वास व्यक्त गरे। सोमपालले आफ्ना खेलाडीलाई नकराउन शिखर धवनबाट सुझाव आउने गरेको पनि उल्लेख गरे। अघिल्लो दिन शिखरले अन्तिमसम्म ब्याटिङ गर्छु भन्ने भनेको र सोहीअनुरूप पनि खेलेको सोमपालको भनाइ छ।

उनले अन्य क्रिकेटरलाई शिखरले सोहीअनुरूप खेल्न सिकाउने गरेको बताए।

काठमाडौँका कप्तान करणले बलिङमा शुरुवात राम्रो भए पनि बीचमा केही कमजोरी भएको बताए। ब्याटिङमा पनि सुमित महर्जनमाथि आफूलाई विश्वास रहेको र सोहीअनुरूप उनले राम्रो खेलेको उनको भनाइ छ।

उनले चौकाभन्दा पनि छक्का हान्न नै आफू अग्रसर हुने भएकाले अन्तिम आउट हुन पुगेको उल्लेख गरे। कप्तान करणले आफ्नो टोलीमा बलिङ र ब्याटिङ दुवैमा राम्रो खेलाडी रहेको बताए। उनले ट्रफी जित्ने लक्ष्यसहित आफ्नो टोलीले खेल्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.