|

काठमाडौँ : लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले आफ्नो बलिङ युनिट चुकेसँगै लोकेश बम र बसिर अहमदबीचको साझेदारी नै हारको पक्ष रहेको बताएका छन्।

विराटनगर किङ्ससँगको हारपछि लुम्बिनीका कप्तान रोहितले आफ्नो बलरको राम्रो प्रदर्शन हुन नसक्नुका साथै लोकेश र बसिरको उत्कृष्ट ब्याटिङ पनि हारको महत्वपूर्ण पक्ष रहेको उल्लेख गरे।

दुर्गेश र सिमोन्ड्सले राम्रो बलिङ गरेको रोहितको भनाइ छ। उनले बसिर र लोकेशबीचको साझेदारीले खेल टाढा लगेको उल्लेख गरे। रोहितले बलिङ युनिट कमजोरी देखिए पनि आगामी खेलमा सुधार हुने आशा व्यक्त गरे।

विराटनगरका ओपनर लोकेशले आज खेल जिताउँछु भन्ने आत्मविश्वासका साथ आएको र सोहीअनुरूपमा खेल्न सकेको पनि बताए। उनले अघिल्ला दुई खेलमा राम्रो गर्न नसकेको हुँदा आज राम्रो गर्नुपर्छ भन्ने लक्ष्यसहित आएको पनि बताए।

उनले सोहीअनुरूप शुरुदेखि नै राम्रो शुरुवात दिलाएको बताए। आकिब इलियासले आफ्नो स्ट्रेन्थअनुरूप खेल्न सुझाव दिएको र सोहीअनुरूप आफूले प्रयास गरेको लोकेशको भनाइ छ।

लोकेशले विकेटकिपङबाट केही गल्ती भएको र यसमा सुधार गर्नुपर्ने औँल्याए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.