|

जनकपुरधाम : जनकपुरमा साताव्यापी विवाहपञ्चमी महामहोत्सवको चौथो दिन आज तिलकोत्सव विधि सम्पन्न भएको छ।

तिलकोत्सवका अवसरमा हरेक वर्ष जानकी मन्दिरबाट राम मन्दिरमा पाहुर पठाइन्छ। यसपालि जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले करिब पाँच सय एक पाहुर लिएर राम मन्दिरमा पुगेका छन्।

जानकी मन्दिरबाट पाहुर बोकेर निस्कने टोली नगरको परिक्रमा गर्दै राम मन्दिर पुगेको थियो। 

सो समारोहमा प्राचीन मिथिलाका राजा जनकको भूमिकामा जानकी मन्दिरक उत्तराधिकारी महन्त रामरोसन दास वैष्णव र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राम मन्दिरका महन्त राम गिरीबीच सम्धी मिलन भएको छ।

यसअघि विवाहपञ्चमी महोत्सवको तेस्रो दिन मंगलवार रंगभूमि मैदानमा धनुषयज्ञ मनाइएको थियो। त्रेतायुगमा भगवान् रामले धनुष तोडेको स्मरणमा हरेक वर्ष विवाहपञ्चमीको समयमा जनकपुरधाममा धनुष यज्ञ हुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.