काठमाडौं : नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सका लाहिरू मिलान्थाले अर्धशतक हान्नबाट चुकेका छन्। पोखरा एभेन्जर्सविरूद्ध उनी ३१ बलमा ४५ रन हान्दै पेभेलियन फर्किएका हुन्। उनलाई माइकल लिस्को बलमा सागर ढकालले क्याच आउट गरेका हुन्।
यसअघि पहिलो खेलमा विराटनर किंग्सविरुद्ध उनले अविजित ७५ रन बनाएका थिए भने दोस्रो खेलमा भने सस्तैमा आउट भएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।