|

काठमाडौं : चितवनमा आज राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापाले खबरदारीसभा आयोजना गरेको छ। पार्टी सभापति रवि लामिछानेलाई रातारात पोखरा लैजानु मानव अधिकारको विरुद्ध रहेको र बुधबार भएको झडपमा प्रहरीले दमन गरेको लगायत विषयमा आज खबरदारी सभा आयोजना गरेको रास्वापाले जनाएको छ।

बुधबार चितवनमा रास्वपा कार्यकर्ता र प्रहरीबीच भएको झडपमा परेर ८ प्रहरीसहित २४ जना घाइते भएका थिए। प्रदर्शनकारीले  सरकारी वकिलको कार्यालय जाने बाटो अवरुद्ध गर्न खोज्दा झडप भएको थियो।

साहारा सहकारीबाट १० करोड ८० लाख गोर्खा मिडियामा गएको आरोप लागेपछि उनलाई बयानका लागि चितवन ल्याइएको थियो।

रविमाथि सहकारी ठगी,  संगठित अपराध र सम्पति शुद्धीकरण मुद्धामा लामिछानेलाई पोखराबाट काठमाडौं र काठमाडौंबाट चितवन ल्याई‌ प्रहरीले अनुसन्धान गरेको थियो।

यता, आफ्ना सभापतिलाई सरकारले राजनीतिक प्रतिशोध लिएको भन्दै निरन्तर खबरदारी र प्रदर्शनमा उत्रिएको रास्वपाले जनताको भनेजस्तो साथ नपाएपछि र चौतर्फी आलोचना बढेपछि पहिलो चरणको आन्दोलन सकेर दोस्रो चरणमा प्रदर्शन स्थगित गरेको थियो।

रवि चितवन -२ बाट (उपनिर्वाचनमा) समेत सबैभन्दा बढी मत ल्याएर निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। 

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.