काठमाडौं : सुदुरपश्चिमका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले अर्धशतक गर्नबाट चुकेका छन्। उनले काठमाडौं गुर्खाजविरुद्ध २५ बलमा ४३ रन बनाएर आउट भए। उनलाई करण केसीले आउट गरे।
यसअघि उनले विराटनगर किंग्सविरुद्ध २४ बलमा ३ चौका र ५ छक्कासहित ५७ रनमा अविजित रहे।
आजको खेलमा सुदुरका लागि ब्रान्डन म्याकमुलेनको अर्धशतक प्रहार गरेका थिए। उनले ३६ बलमा तीन चौका र चार छक्का हान्दै ५४ रन बनाए। जेरार्ड एरास्मसको बलमा म्याकमुलेन आउट भए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।