|

सिरियाको विद्रोही समूहले अर्को ठूलो शहर पनि नियन्त्रणमा लिएको छ। यसअघि अलेप्पो शहर नियन्त्रणमा लिएको जिहादी समूह हयात तहरीर अल-शामले हमा शहर नियन्त्रणमा लिएको हो। 

हमा शहरभित्रको जेलमा आक्रमण शुरु गरेलगत्तै ठूलो लडाइँ शुरु भएको र सरकारी सेना पछाडि हटेको समाचारमा जनाइएको छ। लडाइँपछि हयात तहरीर अल शाम एचटीएस समूहका नेता अबू मोहम्मद अल–जवालानीले हमा शहरमा जित निकालेको घोषणा गरेका छन् । 

उनले शहर आफ्नो नियन्त्रणमा आएको भन्दै कसैसँग कुनै पनि प्रकारको बदला नलिने दाबी गरेका छन्। यसअघि विद्रोही समूहले हमा सहरको सेन्ट्रल जेल कब्जा गरेको थियो । त्यसपछि शुरु भएको लडाइँमा दुवै पक्षका कैयौँ व्यक्ति हताहत भएका थिए । 

जेलबाट एचटीएस समूहले कैदीहरूलाई भगाएको थियो। अलेप्पोबाट ११० किलोमिटर दक्षिणमा रहेको हमा शहरमा १० लाख मानिस बस्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.