|

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले  कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ।

रवि बोपराले अर्धशतक हानेसँगै चितजवनले सात विकेट गुमाएर १३० रन बनायो। टु हारेर ब्याटिङमा आएको चितवनका लागि रविले ४० मा ५९ रनमा अविजित रहे भने शरद भेषवाकर ३ बलमा ६ मा अविजित रहे। 

त्यस्तै, कप्तान कुशल मल्ल २७, विपिन रावल ११, जन निकल लफ्टी नौ, जन निकल लफ्टी र अमरसिंह रौटेला नौ, दिपक बोहरा  आठ, लुक बेन्केस्टाइन र सोहेल तानविर शून्य, बनाएर आउट भए।

कर्णालीका लागि विपिन शर्मा तीन, जिसन मक्सुद दुई, सोमपाल कामी र  नन्दन यादवले समान एक एक विकेट लिए।

चितवन एनपीएलमा अपराजित छ। दुई खेलबाट चार अंक जोडेको चितवन तालिकाको तेस्रो स्थानमा छ। यसअघि चितवनले काठमान्डु गुर्खाजलाई पाँच विकेट र पोखरा एभेन्जर्सलाई ८७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। 

कर्णाली भने जितविहीन छ। दुवै खेल हारेको कर्णाली एनपीएलमा पहिलो जितको खोजीमा छ। कर्णालीले ब्याटिङमा अपेक्षा अनुसारको प्रदर्शन गर्न सकिरहेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.