|

काठमाडौं : भुटानका राजा जिग्मे वाङचुक नेपाल आइपुगेका छन्। 

ड्रुक एयरको विमानबाट १९ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै काठमाडौं आइपुगेका हुन्।

भारत भ्रमण सकेर भुटानी राजा वाङचुक दिल्लीबाट सिधै काठमाडौं आएका हुन्। उनले बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गर्न कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। उनलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले विमानस्थलमा स्वागत गरिन्।

भ्रमण दलमा राजासहित ऊर्जामन्त्री, विदेशसचिव, नेपालका लागि भुटानी राजदूत, सुरक्षा अधिकारीलगायत सदस्य रहेका छन्। 

गृह मन्त्रालयले भुटानी राजाको उच्च सुरक्षा व्यवस्था कायम गरेको छ। उनका सुरक्षाका लागि तीनवटै सुरक्षा निकाय खटिएको छ। 

भुटानी राजा दर्शनका लागि जाने बौद्धनाथ, स्वयम्भूनाथ र त्यस आसपासका क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.