काठमाडौँ : लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले पोखरा एभेन्जर्सविरुद्धको लक्ष्य रक्षा गर्नसक्छौँ भन्ने लागे पनि स्पिनरले राम्रो गर्न नसक्दा हार व्यहोरेको बताए।
लगातार दोस्रो हारपछि रोहितले बलिङमा धेरै राम्रो गर्नुपर्ने धारणा राखे। आफू टिमबीच राम्रो साझेदारी भए पनि त्यसलाई राम्रो योगफलमा लैजान नसकिएको पनि रोहितले स्वीकार गरे। आफूले प्रयोग गरेको बलिङ अप्सन पनि सफल नभएको उनी बताउँछन्।
उनले अब थप बलर ल्याउन सम्भव नहुने र आफूसँग भएकै बलरबाट पनि उत्कृष्ट नतिजा ल्याउन प्रयास गर्ने बताए। भएको बलरबाट राम्रो नहुँदा भारतका तीव्र गतिका बलर जसप्रीत बुमराह ल्याउनुपर्ने भन्दै ठट्टा पनि गरे।
लगातार जितका लागि पर्याप्त हुने लक्ष्य बनाउँदा पनि सफल नभएको उनको भनाइ छ। तर यो नतिजापछि दबाव महसुस नगरेको पनि उनी बताउँछन्। उनले शतक पूरा गर्ने लक्ष्य पनि बलरले उत्कृष्ट बलिङ फ्याँक्दा सहज नभएको बताए।
राम्रो स्ट्राइक रेटमा ब्याटिङ गर्नुको पछाडि आफूले आत्मविश्वासी महसुस गरिरहेको उनको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।