काठमाडौँ : नेपालका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा ११ ठाउँमा आगलागी भएको छ। काठमाडौँमा भएको आगलागीबाट तीनजना र इलाममा १ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले आगलागीका घटना बढ्न थालेकाले सावधानी अपनाउन सबैमा अनुरोध गरेका छन्। उनका अनुसार कतिपय ठाउँमा विद्युत् चुहिएर आगलागी भएको छ भने कतिपय ठाउँमा सिलिण्डरबाट पनि आगलागी भएको छ। केही ठाउँमा असावधानीका कारण आगलागी हुने गरेको छ।
काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलमा धरान नपा–४ घर भएका एक व्यक्तिको घरमा ग्याँस चुहिएर आज भएको आगलागीमा उनीसहित तीनजना घाइते भएको प्राधिकरणले जनाएको छ। यसैगरी इलाममा पनि विद्युत् चुहावट हुँदा भएको आगलागीमा एकजना घाइते भएका छन्।
प्राधिकरणका अनुसार तेह्रथुमस्थित एक घरमा आगलागी हुँदा अन्नपात लत्ताकपडासहित रु. १२ लाखभन्दा बढीको क्षति भएको छ। य
सैगरी सङ्खुवासभा, सप्तरी, रौतहट, झापा, बाँके, अछाममा पनि आगलागीबाट लाखौँको धनमाल क्षति भएको प्राधिकरणले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।