|

धनगढी : कैलालीको मोहन्याल गाउँपालिका–३ का वडाध्यक्ष नन्दराम गिरीको ३५ वर्षको उमेरमा निधन भएको छ।

दुई वर्षदेखि मुखको क्यान्सर रोगबाट ग्रसित वडाध्यक्ष गिरीको उपचारका क्रममा आज दिउँसो दोदोधरा अस्पताल बौनियामा निधन भएको हो।

उनी वडा नं ३ का वडाध्यक्षमा विसं २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। उनका श्रीमतीसहित दुई छोरा र एक छोरी छन्।

नेपाली कांग्रेस कैलालीका जिल्ला सदस्यसमेत रहेका गिरीको भोलि शनिबार फलेबिसौनामा अन्त्येष्टि गरिने परिवारले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.