|

काठमाडौं : नेपाली कांग्रेस कोशी प्रदेशको सम्मेलन शनिबार शुरु हुँदैछ। विराटनगरमा हुने सम्मेलनको अहिले केहीबेरमा सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । 

सम्मेलनका लागि उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगन थापा, विश्वप्रकाश शर्मालगायतका नेताहरु विराटनगर पुगेकाछन्। सम्मेलनमा प्रदेश कार्यसमितिको वार्षिक कार्य प्रगतिको समीक्षाका साथै आगामी रणनीतिबारे छलफल गरी निर्णय गरिने कोशी प्रदेश कार्यसमितिले जनाएको छ। 

कोशीमा संघीयतापछि पहिलोपटक सम्मेलन हुन लागेको हो। संस्थापनइतर पक्षका नेता डा. शेखर कोइरालाले भने आफ्नै प्रदेशको सम्मेलन बहिष्कार गर्ने भएका छन्। वरियतामा चित्त नबुझाएका कोइराला आज छुट्टै कार्यक्रममा सहभागी हुन चितवन जान लागेका हुन्।

यसैबीच कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। सोमबार बिहान ९ बजे बस्नेगरी बैठक बोलाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्नेछ। स्थानिय तहको उपनिर्वाचनको समीक्षा, समसमायिक राजनीति र पार्टीका आगामी कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाएको पौडेलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.