|

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटा वामपन्थी राजनीतिक दलका नेताहरूसँग राजनीतिक ध्रुवीकरणका लागि वार्ता गरेको बताएका छन्।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले तीन वामपन्थी दलका नेताहरूसँग आज बिहानमात्रै संवाद भएको र संवाद सकारात्मक रहेको उल्लेख गरे। उनले वामपन्थी नेताहरू केही माओवादी आन्दोलनसँग पनि केन्द्रित रहेको र केही त्योभन्दा बाहिरका वामपन्थी समाजवादी धारासँग सम्बन्धित रहेको उल्लेख गरे। यद्यपि नेताहरूको नाम भने खुलाएनन्।

वामपन्थी नेताहरूले सबै एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको कुरा गरेको उल्लेख गरे। उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई ठिक ढंगले कार्यान्वयन गर्न सबै वामपन्थी एकताबद्ध हुनुपर्ने बताए। नेपालको राजनीतिक आन्दोलनको इतिहासमा शिक्षकहरूको भूमिका महत्त्वपूर्ण भएको बताए। 

प्रचण्डले भने‚ ‘आज बिहान मात्रै तीनवटा वामपन्थी पार्टीका नेताहरूसँग मेरो संवाद भएको थियो। बढो सकारात्मक संवाद भएको छ। उहाँहरू हिजोको माओवादी धारासँग सम्बन्धित पनि हुनुहुन्थ्यो। त्योभन्दा बाहिरका वामपन्थी समाजवादी धारासँग सम्बन्धित पनि हुनुहुन्थ्यो। उहाँहरू सबैको एउटै कुरा थियो, अब एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन।’

अध्यक्ष दाहालले आगामी हिउँदे अधिवेशनमा शिक्षा विधेयक आवश्यक संशोधन र परिमार्जनसहित पारित हुने प्रतिबद्धता जनाए। उनले शिक्षकहरूको माग पूरा गरेर मात्रै विधेयक पारित गर्ने बताए। शान्ति प्रक्रियाका बाँकी काम अन्तिम चरणमा पुगेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.