|
फाइल तस्वीर

सुदूरपश्चिम : स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई थप उपचारका लागि आज नयाँ दिल्ली लगिएको छ। 

नगरप्रमुख हमालको सचिवालयका प्रमुख कृपाराम उपाध्यायले उनलाई गएराति मस्तिष्कघात भएपछि थप उपचारका लागि आज नयाँ दिल्ली लगिएको जानकारी दिए। 

श्वास फेर्न समस्या भएपछि गएराति नै उनलाई धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। 

विसं २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर हमाल नगर प्रमुखमा निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.