|

काठमाडौँ : विराटनगर किङ्सका क्रिकेटर प्रतिश जिसीले राम्रो अवस्थामा रहेको र जित्नुपर्ने खेलमा हार बेहोर्नुपरेको बताएका छन्। कर्णाली याक्ससँग हार बेहोरेपछि विराटनगरका अलराउण्डर प्रतिशले जित्नैपर्ने खेलमा असफल भएको बताए।

सबैले आआफ्नो जिम्मेवारी राम्रो निभाउन नसक्दा हार सामना गरेको उनले बताए। उनले राम्रो बलिङ गरे पनि ब्याटिङमा सबैले जिम्मेवारी नलिँदा जित सम्भव टरेको बताए।

टोलीले आफूलाई गेम फिनिस गर्ने जिम्मेवारी दिए पनि पूरा गर्न नसकेको प्रतिशको भनाइ छ। नन्दन यावदले उत्कृष्ट बलिङ गरेपछि डेथ ओभरमा जित दिलाउन असक्षम भएको उनी बताउँछन्। उनले स्टम्प टु स्टम्प बलिङ गरे पनि पीच सहज नदेखिएको उल्लेख गरे।

आज जित नहुँदा केही दबाब हुने र अर्को चरणमा पुग्न अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने उनको भनाइ छ। उनले सन्दीप लामिछानेले विकेट नलिए पनि अन्य बलरले जिम्मेवारी वहन गरेकाले धेरै दबाब नभएको पनि प्रष्ट पारे।

नेपाल प्रिमियर लिग (एनसपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा कर्णाली याक्स सात रनले विजयी भएको थियो। एक सय ३४ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगर किङ्ग्स कर्णालीका नन्दन यादवको कसिलो बलिङमा निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २६ रनमा समेटियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.