|

तुलसीपुर : दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ  भने दुईजना घाइते भएका छन्।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगर-३ खमारी बस्ने मोटरसाइकलमा पछाडि सवार करिब १६ वर्षीय दीपेन्द्र वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

प्रहरीका अनुसार उनलाई टाउको र छातीमा भित्री चोट लोगको थियो। आइतबार दिउँसो करिब साढे २ बजेतिर तुलसीपुर-४ ठुलाखालीस्थित खाद्रे बनहरीबाट तुलसीपुरतर्फ आउँदै गरेको लु.प्र.०२–००१ प १७१७ नम्बरको मोटसाइकल आफैँ अनियन्त्रित भई रूखमा ठोक्किएर सडकदेखि ५ मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

उनका अनुसार उक्त मोटरसाइकलमा मृतक वलीसहित मोटरसाइकल चालक तुलसीपुर-४ कल्लेखोला बस्ने १७ वर्षीय गणेश खड्का र तुलसीपुर-४ घोरनेटी बस्ने करिब १८ वर्षीय सन्दीप वली सवार थिए। दुर्घटनामा परी घाइते भएका तीनैजनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याएको थियो।

उपचारका क्रममा दीपेन्द्रको करिब सवा ३ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै चालक गणेशको अवस्था मध्यम रहेको र सन्दीपको छाती‚ ढाड र टाउकोमा भित्री चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

उनलाई थप उपचारका लागि तुलसीपुर-७ मोतीपुरस्थित राप्ती लाइफ केयर अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.