|

भारतको केन्द्रीय बैंकिङ संस्था रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)ले रिपो दरलाई ६.५ प्रतिशतमा अपरिवर्तित राखेको घोषणा गरेको छ।

रिपो दर भनेको केन्द्रीय बैंकले वाणिज्य बैंकहरूलाई कोषको कमीको अवस्थामा कर्जा दिने दर हो। ६ सदस्यीय मौद्रिक नीति समिति (एमपीसी)ले प्रमुख दर यथावत राख्ने निर्णय गरेको यो लगातार ११ औं पटक हो।

वर्तमान र विकसित वृहत आर्थिक अवस्थाको मूल्यांकनपछि बैठकले तरलता समायोजन सुविधाअन्तर्गत नीति रिपो दरलाई ६.५ प्रतिशतमा अपरिवर्तित राख्ने निर्णय गरेको हो। यसैबीच २०२४–२५ को वास्तविक जीडीपी वृद्धि ६.६ प्रतिशतमा प्रक्षेपण गरिएको छ भने त्रैमासिकमा ६.८ प्रतिशत र चौथो त्रैमासिकमा ७.२ प्रतिशत रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.