जनकपुर बोल्ट्सको अपराजित यात्रा कायमै

|

काठमाडौँ : नेपालको घरेलु लिग नेपाल प्रिमियर लिग कीर्तिपुर क्रिकेट मैदानमा जारी छ। गत मंसिर १५ गते शुरू भएको लिगमा आजसम्म १५ वटा खेल भएका छन्।

आइतवारसम्म भएका खेलमा अपराजित जनकपुर ८ अंकसहित लिगको शीर्ष स्थानमा छ। सुदूरपश्चिम र चितवनको ६/६ अंक भए पनि रनरेटका आधारमा अंक तालिकामा सुदूरपश्चिम दोस्रो र चितवन तेस्रो स्थानमा छन्।

४ खेलमध्ये २ खेल जितेको कर्णाली चौथो स्थानमा छ भने १/१ खेल जितेका पोखरा, काठमाडौँ र विराटनगर क्रमशः पाँचौँ, छैटौँ र सातौँ स्थानमा छन्। तालिकाको पुछारमा रहेको लुम्बिनी भने ४ खेल खेलिसक्दा समेत अंकविहीन रहेको छ।

जनकपुर बोल्ट्स

एनपिएलमा अहिलेसम्म भएका खेलमा अपराजित रहेको टिम हो- जनकपुर बोल्ट्स। जनकपुरले विराटनगर किंग्सलाई ८ विकेट, कर्णाली याक्सलाई ८ विकेटले हराएको छ। जनकपुरले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको थियो भने लुम्बिनीमाथि एक रनले विजय हात पारेको थियो।

सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिमले विराटनगर, काठमाडौँ र लुम्बिनीलाई हराएको थियो भने चितवनसँग हार बेहोरेको छ। सुदूरपश्चिमले विराटनगरलाई ९० रनले र काठमाडौँलाई ७३ रनले पराजित गरेको थियो भने लुम्बिनीलाई ४५ रनले हराएको थियो।

चितवन राइनोज

चितवनले काठमाडौँ, पोखरा र सुदूरपश्चिमलाई हराएको छ भने कर्णालीविरुद्धको खेलमा भने पराजित भएको थियो। चितवनले काठमाडौँलाई ५ विकेटले पराजित गरेको थियो भने पोखरालाई ८७ रनले र सुदूरपश्चिमलाई ३३ रनले पराजित गरेको थियो।

कर्णाली याक्स

चितवनलाई ६ विकेटले हराउँदै कर्णाली याक्सले पहिलो जित हासिल गरेको थियो भने र विराटनगरलाई ७ रनले पराजित गरेको थियो।

पोखरा एभेन्जर्स

लुम्बिनीविरूद्ध पोखराले १० विकेटले खेल जितेको छ।

काठमाडौँ गुर्खाज

काठमाडौँले कर्णालीलाई ३ विकेटले पराजित गरेको थियो।

विराटनगर किंग्स

विराटनगरले लुम्बिनीविरूद्ध २ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो।

लुम्बिनी लायन्स

लुम्बिनी भने प्रतियोगितामा अहिलेसम्म जितविहीन छ। अहिलेसम्म खेलेका ३ वटै खेल हारेको लुम्बिनी अंक तालिकामा पनि पुछारमा छ। लुम्बिनी विराटनगर, पोखरा र सुदूपश्चिमसँग पराजित भइसकेको छ।

अर्शतक हान्ने खेलाडीहरू

१५ खेलमा अहिलेसम्म कुल ४ हजार २६५ रन बनेको छ भने एक शतकसहित १५ अर्धशतक प्रहार भएका छन्।

जसमा लुम्बिनीविरूद्ध पोखराका आन्द्रेश गोस १०४ रनमा अविजित रहँदै नेपाल प्रिमियर लिगमा पहिलो शतक हान्ने खेलाडीको इतिहास बनाए भने विराटनगरका मार्टिन गुप्टिलले जनकपुर बोल्टविरूद्ध ५५ रन बनाएर लिगमा पहिलो अर्धशतक प्रहार गर्ने खेलाडी बने।

यस्तै, जनकपुरका लाहिरू मिलिन्थाले विराटनगरविरूद्ध ७५ रन बनाएका थिए। कर्णाली याक्सविरूद्ध जनकपुरका कप्तान अनिल साहले अविजित ६२ रन बनाएका थिए।

पोखराविरूद्ध चितवनका रवि बोपाराले ५१ रन बनाएका थिए। विराटनगरविरूद्ध सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरी ५७ रनमा अविजित रहे। विराटनगरका ब्याट्सम्यान लोकेश बमले लुम्बिनी लायन्सविरूद्ध ७१ रन बनाए।

काठमाडौँ गुर्खाजविरूद्ध कर्णालीका लागि शिखर धवनले अविजित ७२ रन बनाए। सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले काठमाडौँविरूद्ध ५४ रन बनाए।

लुम्बिनीका कप्तान रोहित पौडेलले पोखराविरूद्ध ९५ रन बनाएका थिए भने त्यही खेलमा लुम्बिनीविरूद्ध पोखराका ओपनरद्वय दिनेश खरेलले ६१ र आन्द्रेश गोसले १०४ रन बनाएका थिए।

कर्णालीका विलियम बोसिस्टोले विराटनगरविरूद्ध ६६ रन बनाए भने देव खनालले ५३ रन बनाए।

सुदूरपश्चिमविरूद्ध लुम्बिनीका विवेक यादवले ७७ रन बनाए। लुम्बिनीविरूद्ध सेफ अली जेबले ९० रन बनाए। सुदूरपश्चिमविरूद्ध चितवनका हसन एइसाखिल ६५ रन बनाए।

को को भए प्लेयर अफ द म्याच?

अहिलेसम्म भएका १५ खेलमा विभिन्न खेलाडी प्लेयर अफ द म्याच भएका छन्।

प्लेयर अफ द म्याच हुनेमा लाहिरू मिलिन्था, सोहेल तनवीर, अनिल साह, दिपेेन्द्रसिंह ऐरी, रिजन ढकाल, सुमित महर्जन, लोकेश बम, जेम्स निसम, नरेन साउद, विपिन शर्मा, आन्द्रेश गोस, सैफ जेव, विलियम बोसिस्टो, हर्ष थाकर र हसन एइसाखिल रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.