आज एआइजीसँग जानकारी लिइयो
आज एआइजीसँग जानकारी लिइयो
काठमाडौँ : राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनबाट कास्की लैजानेक्रममा अमानवीय व्यवहार भएको उजुरीपछि प्रहरीका उच्च अधिकारीलाई बोलाएर अनुसन्धान थालेको छ।
सहकारी प्रकरणमा अनुसन्धानको क्रममा हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछानेलाई चितवनबाट मध्यरातमा कास्की लगिएको थियो। सोही क्रममा अमानवीय व्यवहार गरी मानव अधिकार हनन् गरिएको भन्दै रविपत्नी निकिताले आयोगमा उजुरी दिएकी थिइन्।
उक्त विषयमा अनुसन्धान थालेको आयोगले आज प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङसहितका प्रहरी उच्च अधिकारीसँग जानकारी लिएको छ।
सो क्रममा आयोगका सदस्य मनोज दुवाडीले कानुनी शासनको प्रत्याभूतिसहित स्वच्छ पुर्पक्षको अधिकार र बन्दीका आधारभूत मानव अधिकारलाई सम्मान तथा संरक्षण गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्नेमा आयोगको चासो रहेको बताएका थिए।
यस सम्बन्धमा निष्कर्षमा पुग्न प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँग समेत थप बुझ्नुपर्ने भएकाले आयोगले अनुसन्धानलाई जारी राखेको आयोगका प्रवक्ता डा टिकाराम पोखरेलले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।