उत्तरी डार्फमा सुडानी सेनाको हवाई आक्रमणमा १०० भन्दा बढीको मृत्यु भएको छ। इमर्जेन्सी लयर्सले सोमबार भएको हवाई आक्रमणमा सयौँ घाइते भएको बताएको छ।
हवाई आक्रमण शहरको साप्ताहिक बजारको दिनमा भएको हो। त्यहाँ नजिकैका विभिन्न गाउँका बासिन्दा किनमेल गर्न भेला भएका थिए। आक्रमणबाट एक सयभन्दा बढी व्यक्तिको मृत्यु भयो र महिला र बालबालिका सहित सयौँ घाइते भएका छन्।
द्वन्द्वको समयमा मानव अधिकार उल्लङ्घनको दस्तावेजीकरण गर्ने वकिलको समूहले यसलाई ‘सेनाको हवाई आक्रमणद्वारा गरिएको भयानक नरसंहार’ भनेको छ।
यो आक्रमण एल–फासेर राज्यको राजधानीबाट करिब १८० किलोमिटर पश्चिममा पर्ने काबकाबिया शहरमा भएको हो। यहाँ परामिलिट्री र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) ले मे महिनादेखि घेराबन्दी गरिरहेका छन्।
आरएसएफ र नियमित सेनाबीचको युद्धले अहिलेसम्म दशौँ हजारको ज्यान लिएको छ, एक करोड १० लाखभन्दा बढी विस्थापित भएका छन् र संयुक्त राष्ट्रसंघले यसलाई हालको इतिहासको सबैभन्दा खराब मानवीय सङ्कट भनेको छ।
मंगललबार सेनाले आरएसएफ–सम्बद्ध राजनीतिक समूहहरूलाई ‘झूट फैलाएको’ आरोप लगाउँदै आफ्नो सेनाले ‘विद्रोही गतिविधि आधारहरूलाई लक्षित गरेको’ बताएको छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।