|

पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले युक्रेन-रुस युद्ध अन्त्य गर्न शान्तिवार्ता यही हिउँदमा शुरु हुनसक्ने बताएका छन्। आगामी महिना युरोपेली संघ (ईयू) को अध्यक्षता सम्हाल्न लागेका टस्कले मंगलबार वार्ताको घोषणा पनि गरेका छन्।

उनले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग कुरा गर्ने र बिहीबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई पोल्याण्डमा स्वागत गर्ने बताए। ‘हाम्रो (ईयू) को अध्यक्षता राजनीतिक परिदृश्यका लागि सह-जिम्मेवार हुनेछ। सायद (शान्ति) वार्ताको अवस्था कस्तो हुनेछ, जुन यही हिउँदमा शुरु हुन सक्छ, यद्यपि अझै केही प्रश्न छन्’, उनले भने। करिब तीन वर्षअघि रुसले आक्रमण गरेदेखि पोल्याण्ड युक्रेनको बलियो समर्थक बनेको छ।

ईयू र नाटो सदस्यहरूले किएभलाई पश्चिमी सैन्य सहायताका लागि महत्त्वपूर्ण रसद केन्द्रको रूपमा काम गर्छन्। टस्कले भने, म्याक्रोन हामीलाई पेरिस वार्ताको नतिजाबारे जानकारी दिन चाहनुहुन्छ।’

म्याक्रोन, जेलेन्स्की र अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले शनिबार पेरिसमा त्रिपक्षीय बैठक गरेका थिए। यो बैठकलाई टस्कले ‘छोटो तर महत्त्वपूर्ण’ भएको प्रतिक्रिया दिए। फेब्रुअरीमा चुनावअघि जनमत सर्वेक्षणमा शीर्ष स्थान ओगटेका जर्मन विपक्षी नेता फ्रेडरिक मेर्ज पनि किएभको भ्रमणपछि पोल्याण्ड आउने उनले जानकारी दिए।

उनले स्क्यान्डिनेभियन र बाल्टिक सहयोगीहरूसँग ‘निरन्तर सम्पर्कमा’ रहेको बताए। ती सहयोगीले ‘पोल्याण्ड र पोल्याण्डको ‘ईयू अध्यक्षता’ मा युक्रेन र रुसबीच मिलापका लागि टस्कले तृत्वदायी भूमिका देखेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.