|
प्रतीकात्मक तस्विर

काठमाडौं : नेपाल अङ्ग प्रत्यारोपण समाजको आयोजनामा आगामी शनिबारदेखि काठमाडौंमा अङ्ग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।

समाजका अध्यक्ष डा. पुकारचन्द्र श्रेष्ठका अनुसार सम्मेलनमा भारत, जापान, नेदरल्याण्ड्स, बेलायतका १९ जना विशेषज्ञ चिकित्सक सहभागी हुनेछन्। साथै सम्मेलनमा अङ्ग प्रत्यारोपणसम्बन्धी २६ वटा कार्यपत्र प्रस्तुत हुनेछ। 

अङ्गदानका निम्ति प्रेरित गर्नु सम्मेलनको उद्देश्य भएको श्रेष्ठले बताए। उनका अनुसारमिर्गौला, मुटु, फोक्सो, कलेजो, सानो आन्द्रा, आँखा र प्याङक्रियाज मस्तिष्क मृत्युपछि पनि दान गर्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.