|

पछिल्लो ४८ घण्टामा इजरायली सेनाले सिरियामा ४८० वटा हमला गरेको गरेको छ। इजरायलले १५ वटा नौसेना जहाज, विमान विरोधी ब्याट्री र धेरै शहरमा रहेका हतियार उत्पादन स्थलमा आक्रमण गरेको हो । 

इजरायली आक्रमण बढिरहेका बेला सिरियाली शरणार्थीलाई जबरजस्ती फिर्ता गर्न नहुने बेलायतको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ। राष्ट्रपति बसर अल असदको अपदस्थपछि विद्रोही समूहले भने शरणार्थीहरुलाई फिर्ता हुन आग्रह गरिरहेका छन्। यस्तै मोहम्मद अल-बसिर अन्तरिम प्रधानमन्त्री नियुक्त भएसँगै सानो मन्त्रिपरिषद्को नेतृत्वमा पहिलो बैठक बसेको छ । 

प्रधानमन्त्री अल बसिरले स्थायित्व र शान्त हुन आफ्ना नागरिकलाई आह्वान गरेका छन्। जनताले स्थिरता र शान्तको आनन्द लिने समय आएको उनको भनाइ छ । राष्ट्रपति असदलाई सत्ताबाट हटाउनमा विद्रोही समूहलाई सघाउन महत्त्वपूर्ण भूमिका खलेका मोहम्मदलाई प्रधानमन्त्रीलाई नियुक्त गरिएको हो। 

अल-बसिररले अर्को वर्ष मार्चसम्म पदमा रहनेगरी जिम्मेवारी तोकिएको छ।  एलेप्पो, हामा र होम्सपछि विद्रोहीले गएको आइतवार राजधानी दमास्कस कब्जा गरेको थियो । यसपछि विद्रोहीले सिरिया स्वतन्त्र भएको बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.