|

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहुन्जेल देश प्रगतितर्फ अग्रसर भएको र प्रधानमन्त्रीबाट हट्नासाथ देश लथालिंग भएको भन्दै अब फेरि विकासको गति बढ्ने दावी गरेका छन्।

बुधवार तेह्रथुममा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

‘१५ बेडको अस्पताल मैले एकै पटक देशभर ३९६ वटाको शिलान्यास गरेको थिएँ। त्यसका लागि बजेट छुट्याएको थियो। जसमा अहिले लगभग सयवटा अस्पतालहरु चलिसके होलान्‚’ उनले भने, ‘म हिँडे देश हिँड्न छोड्यो, म प्रधानमन्त्रीबाट हटेँ देश हिँड्न छोड्यो। म आएको छु, फेरि देश हिँड्छ।’

उनले आफू प्रधानमन्त्रीबाट हटेको दिनदेखि देशमा विकास निर्माणका कामको गति रोकिएको उल्लेख गरे। उनले देशलाई विकासको गतिमा अघि बढाउने संकल्पसहित वर्तमान सरकार बनेको पनि बताए। 

‘यसपल्ट देशको अफ्ठ्यारो स्थितिलाई हेरेर देशका ठूला राजनीतिक दलहरु, इतिहास बोकेका, जिम्मेवार राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले मिलेर यो सरकार बनेको छ‚’ उनले भने‚ ‘यसले देशमा स्थिरता, स्थायित्व ल्याउने, देशमा सुशासन दिने, देशलाई विकासको गतिमा अघि बढाउने संकल्प गरेको छ। मैले अघि बढाएका विकासका कामहरु आफू उभिएकै ठाउँबाट हरेकले देख्नसक्छ।’

प्रधानमन्त्री ओलीले देशभरिका सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.