‘चलखेल गर्ने व्यक्तिले मात्रै नाफा कमाउने स्थिति छ’
‘चलखेल गर्ने व्यक्तिले मात्रै नाफा कमाउने स्थिति छ’
काठमाडौँ : पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले पछिल्लो समय शेयर बजार चलखेल गर्ने केही व्यक्तिले मात्रै कमाउने ठाउँ बनेको भन्दै म्यानुपुलेशनका कारण कमजोर कम्पनीको मूल्य उच्च हुने र बलिया कम्पनी नबढ्ने स्थिति सिर्जना भएको दावी गरेका छन्।
बुधवार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा भएको छलफलमा पूर्वअर्थमन्त्री महतले यस्तो दावी गरेका हुन्। उनले कमजोर कम्पनी माथि पुग्नु र बलिया कम्पनी नबढ्नुले पनि बजार स्वस्थ नरहेको स्पष्ट हुने दावी गरे।
‘कमजोर कम्पनी माथि पुग्नु र बलिया कम्पनी नबढ्नुले पनि बजार स्वस्थ नरहेको स्पष्ट हुन्छ। यसर्थ नियामक निकायले यसलाई नजिकबाट नियाल्न आवश्यक छ‚’ उनले भने, ‘सीमित व्यक्ति र समूहको चलखेल नियमन नगरे साधारण लगानीकर्ताको जोखिम बढेर जान्छ। शेयर बजारमा सीमित र चलखेल गर्ने व्यक्तिले मात्रै नाफा कमाउने स्थिति बनेको छ।’
उनले पुँजीबजारसम्बन्धी नियामक निकायले यस्ता कामहरु नजिकबाट नियाल्न आवश्यक रहेको बताए। उनले सीमित व्यक्ति र समूहको चलखेल नियमन नगरे साधारण लगानीकर्ताको जोखिम बढ्ने अवस्था देखिएको बताए।
उनले बजारका हुने गलत गतिविधि रोक्न सरकारले पहल गर्न आवश्यक रहेको औँल्याए।
उनले अर्थतन्त्रमा केही समस्या रहेको भन्दै वर्तमान सरकारले अर्थतन्त्र सुधारको लागि प्रयास गर्ने विश्वास रहेको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।