काठमाडौँ : जनकपुर बोल्ट्सका शेर मल्लले अघिल्लो खेललाई खराब दिनका रूपमा लिएर अघि बढ्दा काठमाडौँ गुर्खाजविरुद्ध जित सम्भव भएको बताएका छन्।
सुदूरपश्चिमविरुद्ध फराकिलो हारपछि आफ्नो टोलीले राम्रो त्यसलाई बिर्सेर उच्च आत्मबलका साथ खेल्दा सफल भएको उनले बताए।
उनले पछिल्लो खेलमा राम्रो नभए पनि काठमाडौँ गुर्खाजविरुद्ध जित निकाल्ने लक्ष्य लिँदै सोही अनुरूप प्रदर्शन पनि गरेको बताए। उनले लक्ष्य ठूलो नभए पनि ब्याटिङ गर्न सहज नहुने भएकाले सम्हालिएर खेलेको उल्लेख गरे।
छिट्टै ४ विकेट जाँदा कठिन भएको उनी बताउँछन् तर जिमी निसमले जित दिलाउन सक्छन् भन्ने टोलीमा विश्वास रहेको उनको भनाइ छ।
टोलीमा रहेका सबै खेलाडीमा आफू जित दिलाउन सक्षम छु भनेर खेल्दा जनकपुरले राम्रो नतिजा निकालिरहेको उनको भनाइ छ।
शेरले भारतमा बलिङ प्रशिक्षण लिएकाले केही भेरिएसनमा बलिङ गर्न मद्दत मिलेको बताएका छन्। उनले शुरुका खेलमा शीर्ष क्रम र अहिले मिडल अर्डरबाट साथ पाएको उल्लेख गरे तर आगामी खेलमा सबैले राम्रोसँग ब्याटिङ गर्ने उनको विश्वास छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।