काठमाडौँ : नर्भिक इन्टरनेशनल अस्पतालमा चिरफार नगरी गरिने मेरुदण्डको शल्यक्रिया–मिनिमल इनभेजिभ स्पाइन सर्जरी शुरु भएको छ। अस्पतालका सिनियर कन्सल्टेन्ट न्यूरोसर्जन प्रा.डा. राजीव झा नेतृत्वको टोलीले हालै यो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो।
मेरुदण्डको हड्डी फुटेको, ढाडको हड्डी खिइएर कुच्चिएको तथा ढाडको नसा च्यापिएको जस्ता समस्या समाधानका लागि अस्पतालले नयाँ प्रविधिबाट शल्यक्रिया शुरु गरेको हो। यसमा ढाडको छालामा सानो प्वाल पारेर एक्स–रेमार्फत शल्यक्रिया गरिन्छ।
यो प्रविधिअनुसार शल्यक्रिया गर्दा चिरफार गर्नु नपर्ने, समय कम लाग्ने, रगत निकै न्यून बग्ने र भोलिपल्टैदेखि विरामी हिँडडुल गर्न सक्ने डा. झाले बताए। यसैगरी चिरफार गर्दा विरामी नियमित काममा फर्कन कम्तीमा ३ साता लाग्ने गरेकोमा मिनिमल इन्भेजिभ स्पाइन सर्जरी गर्दा १०–१२ दिनमै नियमित काममा फर्कन सक्ने उनको भनाइ छ।
मेरुदण्डको समस्या औषधि खाँदा पनि कम नहुने र प्यारालाइसिस हुन थाल्यो भने यो विधिबाट शल्यक्रिया गर्न सकिने डा. झाले बताए। ‘यो नयाँ प्रविधिबाट शल्यक्रिया गर्दा संक्रमण पनि हुँदैन र अस्पताल पनि दुई दिनभन्दा बढी बस्नु पर्दैन,’ डा. झाले भने ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।