काठमाडौँ : हेली एभरेस्टको लुक्लाबाट काठमाडौँ आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किएपछि भक्तपुरको साँगामा आकस्मिक अवतरण भएको छ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले उडिरहेको हेलिकप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गर्नुपरेको बताए।
प्रवक्ता शेर्पाका अनुसार चरा ठोक्किए पनि हेलिकोप्टरका पाइलट र यात्रु सुरक्षित रहेको बताए। उक्त हेलिकप्टरमा ६ जना यात्रु थिए।
उनले भने‚ ‘‘विमानमा अन्य कुनै समस्या नभएको, चरा ठोक्किएका कारण पाइलटले हेलिकप्टरलाई आकस्मिक अवतरण गर्नुभएको हो। पाइलटसहित सवार सबै यात्रु सुरक्षित हुनुहुन्छ।’’
तपाईंको ईमेल गोप्य राखिनेछ ।