|
सांकेतिक तस्वीर

काठमाडौँ : क्रेनको चक्कामा पर्दा नवलपरासीस्थित सुनवलमा रहेको लक्ष्मी स्टिल उद्योगमा काम गर्ने मजदुरको मृत्यु भएको छ। 

काम गरिरहेका बेला चप्पल चिप्लिएर सामान ओसारपसार गरिरहेको क्रेनको चक्कामा परी रुपन्देहीका २५ वर्षीय सुरेश चौधरीको मृत्यु भएको हो।

फ्याक्ट्रीभित्र काम गरिरहेको अवस्थामा अचानक चप्पल चिप्लन गई लड्दा सोही फ्याक्ट्रीको सामान ओसारपोसार गर्दै गरेको लु १ क ३००१ नम्बरको क्रेनको चक्कामा परेर गम्भीर घाइते भएका उनको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको नवलपरासीपश्चिमका प्रहरी प्रवक्ता रेशम बोहराले जानकारी दिए। 

उक्त दुर्घटनापछि क्रेनका मालिकलाई नियन्त्रणमा लिइएको र चालक फरार रहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.